अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

भोग विलासमै उच्चपदस्थः राष्ट्रपति भवन विस्तार विवादमा

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते २१:१७ मा प्रकाशित

जनमतका माध्यमबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मले विलासी र सुखमय जीवन बढी रुचाउन थालेका छन् ।

जनताप्रति बढी जवाफदेही हुनुपर्नेमा राज्यका उच्च अंगमा बसेका व्यक्तित्व तथा जनप्रतिनिधि आफ्नो सेवा सुविधा तथा सुखी र विलासी जीवन यापनमा रमाउन थालेका हुन् ।

जनप्रतिनिधि भोग विलासमा रमाउँदा निर्वाचनको बेला बाँडेका योजना र घोषणा पत्रसमेत अलपत्र हुने अवस्था आएको छ । जनमतबाट निर्वाचित जनप्रतिनिधिको मतबाट चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको निवास विलासी बनाउन लागिएको छ ।

राष्ट्रपति निवास सानदार बनाउने नाममा महाराजगन्जस्थित वर्षौंदेखि सञ्चालित प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) नै हटाउनेसम्मको तयारी भइरहेको छ ।

पूर्वप्रहरी महानिरीक्षकदेखि बहालवाला प्रहरी अधिकारीहरू भने प्रहरी प्रशिक्षण हटाउने तयारीप्रति रुष्ट देखिएका छन् । उनीहरूले बर्षौदेखि सञ्चालन हुँदै आएको प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने काम गलत भएको टिप्पणी गरेका छन् ।

वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राष्ट्रपति भवन परिसर विस्तार गर्नु वाहियात भएको तर्क गर्छन् । ‘राष्ट्रपतिको के त्यत्रो काम हुन्छ र प्रहरी एकेडेमी नै हटाएर परिसर बढाउनुपर्यो, यो वाहियात हो,’ उनले राजधानीसँग भने, ‘राष्ट्रपतिका लागि त्यति ठूलो कार्यक्षेत्र आवश्यक पर्छ भन्ने लाग्दैन ।’

राष्ट्रपतिको सवारीमा बाटो छेकेर जनतालाई सास्ती दिने राजा महाराजाको संस्कार अझै नहटेको भनेर बेलाबखत विवादमा आउने राष्ट्रपति पछिल्लोपटक भवन विस्तारको विषयमा विवादमा परेकी छन् । -राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू