अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

जिम्बाबेमा सडक दुर्घटनामा ४२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:३९ मा प्रकाशित

जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् ।

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू