अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलन काठमाण्डौं सुरु

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:३२ मा प्रकाशित

शिक्षाका लागि विश्वव्यापी अभियान जिसिइको छैटौँ विश्व सम्मेलन काठमाण्डौंमा आज सुरु भएको छ । विद्यालय पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा र्पुयाउन गर्नुपर्ने प्रयासका बारेमा सम्मेलनमा छलफल सुरु भएको छ । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालमा विद्यालय भर्ना गरिएका बालबालिकालाई टिकाइराख्न चुनौती भएको बताउनुभयो । साक्षरता अभियानलाई तिव्रताका साथ सरकारले तयारी सुरु गरिरहेको समेत मन्त्री ज्ञवालीको भनाई छ ।

सम्मेलनमा संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना जे मोहम्मदले विद्यालय पहुँच बाहिर रहेका बालबालिकाको सुरक्षित भविष्यका लागि शिक्षा आवश्यक रहेकाले उचित पहल थालिनुपर्ने बताउनुभयो । ‘न्याय, समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा प्रणालीमा रुपान्तरण’ विषयक सम्मेलनमा भाग शिक्षा क्षेत्रमा सक्रिय विश्वभरका २ सय ८० अभियन्ताहरु सहभागी रहेका छन् ।

सम्मेलनमा करीब एक सय मुलुकका शिक्षा क्षेत्रका प्रतिनिधी सहभागी भएका शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसीईका महासचिव दिल्लीराम सुवेदीले जानकारी दिनुभयो । सम्मेलनमा नागरिक समाजका प्रतिनिधि, शिक्षा अभियानकर्मी, युवा अभियन्ता भेला भई सार्वजनिक शिक्षाको रुपान्तरण र गुणस्तर सुधारका लागि भावी योजना तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हाल विश्वभर दुई अरब ६२ करोड बालबालिका विद्यालय बाहिर रहेको मानिन्छ । सम्मेलनले जिसिईको नयाँ कार्यसमिति समेत चयन गर्नेछ । जसका लागि भोलि निर्वाचन हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू