अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते १८:१२ मा प्रकाशित

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ ।

तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू