अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९
| Colorodo: 05:34
काठमाडौं– मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।
सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए ।