अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

फर्केर आएन मायालु

बिनिता मरहठ्ठा २०७५ कार्तिक २६ गते १२:४४ मा प्रकाशित

काठमाडौँ, दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर साङ्गीतिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द सङ्गीत रहेको यो गीतसँगै सङ्गीत जगतमा दिनेशको कमव्याक भएको छ ।

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियान रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । दिनेशको ‘म ईश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छाती भित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया