अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

पाकिस्तानमा ठूलो साइबर हमला, सबै बैंकका डाटा ह्याक, करोडौं रुपैयाँ उडाएको आशंका

बिआरटीनेपाल २०७५ कार्तिक २० गते २१:३५ मा प्रकाशित
 पाकिस्तानका ह्याकरहरुले सबै बैंकका डाटा ह्याक गरेका छन् । ह्याकरहरुले पाकिस्तानी बैंकको सुरक्षा व्यवस्थालाई चकनाचुर पार्दै सर्भरमा नै आक्रमण गरेका हुन । फेडरल इन्भेष्टिगेशन एजेन्सीका साइबर क्राईम विभाग प्रमुखले करिब करिब सबैजसो बैंकमा ह्याकहरुले आक्रमण गरेको बताएका हुन ।गम्भीर आर्थिक संकट झेलिरहेको पाकिस्तानमा बैंकहरु ह्याकरको निशानामा परेपछि यो विषयले ठूलो रुप लिएको छ ।

पाकिस्तानी दैनिक पत्रिका डनका अनुसार, फेडररल इन्भेष्टिगेशन ब्यूरोका क्राईम प्रमुख मोहम्मद शोएबले ह्याक भएको पुष्टि गरेका छन् । उनका अनुसार, यो आक्रमण पाकिस्तान बाहिरबाट गरिएको थियो । ह्याकरहरुले कति रकम चोरी गरे भन्ने कुरा अझै खुल्न सकेको छैन । योसँगै पाकिस्तानी बैंकहरुको सुरक्षा व्यवस्थामा समेत ठूलो प्रश्न उठेको छ । साइबर क्राइम विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै सुरक्षा व्यवस्था झनै कडा बनाउन निर्देशन दिएको छ ।

ह्याकरहरुले १० वटा पाकिस्तानी बैंकमा रहेको ८ हजार भन्दा बढी ग्राहकका डाटा ह्याक गरेको डनले उल्लेख गरेको छ । पछिल्लो दिनमा थाहा नै नपाई आफ्नो बैंक खातामा करोडौं रकम जम्मा हुन थालेपछि कतिपय सर्वसाधारणले उजुरी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू