अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

भुमध्यसागरमा डुबेर २ हजार शरणार्थीको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक २० गते २१:०८ मा प्रकाशित

सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म यूरोप जाने क्रममा भूमध्यसागर क्षेत्रमा डुबेर २ हजार शरणार्थीको मृत्यु भएको छ । राष्ट्रसंघले जनाएअनुसार, मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको हो ।

गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी भएको राष्ट्रसंघ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले जानकारी दिनुभएको छ ।

उहाँले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या १ लाख ५ हजार रहेको बताउनुभयो । यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको संख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू