अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

गौचन हत्याका अर्का मतियार माया शेरचन पक्राउ

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते १८:०७ मा प्रकाशित

काठमाडौं — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्यामा प्रयोग भएको हतियार सार्प सुटर काले भनिने अम्मरबहादुर राना र लोप्साङ भनिने सोम तामाङलाई मायाले उपलब्ध गराइदिएकी थिइन् ।, यो खबर  नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू