अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

पिपिएल टि–२० क्रिकेट– समूह चरण सम्पन्नः पोखरा फाईनलमा, काठमाडौं र चितवन प्ले अफ चरणमा

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:२७ मा प्रकाशित

पोखरा प्रिमियर लिगको समूह चरण पार गर्दै पोखरा पल्टन, हुलास काठमाडौं रोयल्स, र चितवन राइनोज् अघिल्लो अघिल्लो चरणका प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवनले विराटनगरलाई ४ विकेटको अन्तरले नै पराजित गर्दै महत्वपूर्ण ३ अङ्क हासिल गर्न सफल भयो ।

पोखरा रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले ६ विकेट गुमाएर पुरा गरेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ ।

आज भएको दोस्रो खेलमा विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ६ विकेट गुमाउँदै पूरा गर्यो । खेलमा सन्नी पटेलले शानदार अर्धशतक प्रहार गरेपछि चितवनले जीत हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनायो । जवाफमा १४६ रनको लक्ष्य पछ्याएको चितवनले सुरुआत कमजोर गरेपनिमध्यक्रमले भरपर्दो योगदान दिएपछि लक्ष्य ३ बल वाँकी छदै पूरा गरेको थियो ।

अब प्रतियोगितामा फाइनल प्रवेशका लागि काठमाडौं र चितवनबीच प्ले अफ खेल हुनेछ भने लिगको शीर्ष स्थानमा रहँदै पोखरा फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया