अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

६८ वर्षमा ७२ महिला मन्त्री, यी हुन् पहिलो महिला मन्त्री

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ८:५१ मा प्रकाशित

काठमाडौं । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । 

अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । तर, संविधानले तोकेको व्यवस्था संविधानपालक नै कार्यान्वयन गरेको छैन ।

वर्तमान गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास  भएको देखिन्छ । प्रजातन्त्रदेखि गणतन्त्रसम्म करिब १५ सयको संख्यामा पुरुष मन्त्री बन्दा महिलाबाट मन्त्रीको संख्या भने ७२ मात्रै छ ।

आजको नयाँ पत्रिका दैनिकले ००७ देखि ०७५ सम्म मन्त्री बनेका महिलाहरुबारे विस्तृत खबर छापेको छ । महिलाबाटै देशकै पहिलो मन्त्री द्वारिकादेवी ठकुरानी १३ जेठ ०१६ मा पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको नेतृत्वको सरकारमा एकमात्र मन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू