अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

माथिल्लो तामाकोसीको लागत दोब्बर

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १९:५३ मा प्रकाशित

काठमाडौं – स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ । 

सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको श्रेष्ठले बताए । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू