अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

कतारका अमिर र राष्ट्रपति भण्डारी बिच भेटघाट सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते २१:५७ मा प्रकाशित

आज ३० अक्टोबर २०१८ अपरान्ह कतारका अमिर शेख तमीम बिन हमद अलथानी र सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बिच दीवन ए अमीरीमा उच्चस्तरको भेटघाट सम्पन्न भएको छ । सम्माननीय राष्ट्रपतिको सम्मानमा अमीरी गार्डको एक विशेष टुकडीले सम्मानननियको सम्मानमा सलामी अर्पण गरेको थियो ।

कतारका अमिरले राष्ट्रपति भण्डारी र प्रतिनिधि मण्डलको स्वागत निकै उत्साहका साथ गर्नु हुँदै दुई देश बिच रहिआएको अत्यन्तै विशेष प्रकारको मैत्रीपूर्ण सम्बन्धलाई उच्च तहमा सम्बोधन गर्नु भएको थियो । यस भ्रमणको विशेषतालाई बयान गर्दै यस भ्रमणले दुई देश बिच धेरै विषयहरूमा सहकार्य र सहयोग हुन सक्ने कुरा औँल्याउनु भएको थियो ।

सम्माननीय राष्ट्रपतिबाट पनि कतारका अमिरले आफूलाई कतार भ्रमणको निम्तो दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै यसले दुई देशबिचको सम्बन्ध झनै प्रगाढ हुने कुरामा आफूले विश्वास लिएको जानकारी गराउनु भयो । दुइदेश बिच धेरै क्षेत्र तथा कमान इशुजमा सहयोग तथा सहकार्य हुन सक्ने र यसबाट दुइदेश बिच रहेको कूटनैतिक सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त पनि गर्नु भयो ।

दुई रास्ट्रअध्यक्ष बिचको भेटघाटमा लगानी प्रवर्द्धन गर्न सकिने र शिक्षा स्वास्थ्य कृषि पर्यटनको क्षेत्रमा एक आपसमा कोअपरेशन गर्न सकिने कुरा राख्नु भएको थियो । साथै एक आपसमा क्षमता विकास र अनुभव साटासाट गर्न कतारलाई चाहिने श्रमशक्तिमा पनि सहकार्य गर्न सकिने बताउनु भएको छ । सम्माननीय राष्ट्रपतिले कतारले श्रमिक एवं श्रमको क्षेत्रमा गरेको विकास र आप्रवासी कामदारको सेवा सुविधा एवं सुरक्षामा देखाएको उतारता एवं कदमको प्रशंसा पनि गर्नु भयो । विशेष गरी नेपाली कामदारको पक्षलाई पनि सम्माननीयबाट समेटिएको छ । आजै दिवान ए अमीरिमा दुई देशका राष्ट्र अध्यक्षहरूको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर भएको छ । बिशेषगरि कूटनीतिक सरकारी राहदानी वाहक तथा विशेष प्रकारको राहदानीवाहकलाई भिसा आवश्यकता नपर्ने गरी आवतजावत सहजीकरण गर्ने कुरामा कतारका तर्फबाट उपप्रधान एवं परराष्टमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अलथानि र नेपालको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले हस्ताक्षर गर्नु भएको थियो । यसै गरी कृषि एवं खाद्यान्न सुरक्षाको क्षेत्रमा पनि दुवै देशबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यो समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले हस्ताक्षर गर्नु भएको थियो भने कतारका तर्फबाट वातावरण एवं नगरपालिका मामिला मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले हस्ताक्षर गर्नु भएको थियो । यस अवसरमा दिवान ए अमीरीमा कतार सरकारका मन्त्री गण उच्चपदस्थ अधिकारी र कतारका लागि नेपाली राजदूत प्रा.रमेश प्रसाद कोइराला त्यसै गरी नेपालका लागि कतारी महामहिम राजदूत युसुफ मोहम्मद अल हैल लगायत उद्योगपतिहरूको सहभागिता रहेको थियो । आजैको भेटमा सम्माननीय राष्ट्रपतिद्वारा कतारी अमिरलाई आफ्नो उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो समेत दिनु भएको छ ।

सम्माननीय अमिरले पनि अत्यन्तै खुसीका साथ निम्तो स्वीकार गर्नु भएको छ । आजै कतारका अमिरका तर्फद्वारा सम्माननीय राष्ट्रपतिको सम्मानमा एक विशेष दिवाभोजको आयोजना गरिएको थियो जसमा उच्च पदस्थ कतारी अधिकारी मन्त्री गण दुवै देशका महामहिम राजदूत एवं नेपाली प्रतिनिधिमण्डलका सदस्य र उद्योगपति ब्यवसायिहरुको उपस्थिति रहेको थियो । आजै बेलुका सम्माननीय राष्ट्रपतिले कतार चेम्बरद्वारा आयोजना गरिएको नेपाल कतार बिजिनेस फोरमलाई पनि सम्बोधन गर्नु भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली लगायत अन्य विशिष्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू