अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

प्रेमका लागि जापानी राजकुमारीद्धारा पदवी त्याग, प्रेमीसँग विवाह

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:२१ मा प्रकाशित

जापानी राजकुमारी आयाकोले पे्रमका लागि राजकुमारीको पद त्याग गर्नुभएको छ । २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गर्नुभएको हो । गत गृष्ममै उक्त घोषणा गर्नुभएका आयाकोले सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कस्नुभएको छ । जहाज कम्पनीमा काम गर्ने मोरिया राज खानदानका होईनन् ।

आयाका र कोरियावीच सोमबार एक मन्दिरमा परम्परागत चलनअनुसार विवाह जापानी संचारमाध्यमहरुले जनाएका छन् । राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा विवाह सम्पन्न भएको हो । तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ । यसअघि, सम्राट अकिहितोले पहिलो पटक आम केटीसँग विवाह गर्नुभएको थियो ।

यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गर्नुभएको थियो । जापानी राजपरिवारकी छोरी मान्छेले आम मान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ । तर, आम केटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू