अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

लायन एयर विमान दुर्घटना प्रकरण– दुर्घटनाको अघिल्लो दिन नै विमानमा समस्या देखिएको खुलासा

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:०८ मा प्रकाशित

इन्डोनेसियामा सोमबार दुर्घटना भएको लायन एयरको विमानका उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको खुलासा भएको छ । बिबिसिका अनुसार उडान भरेको केही मिनेटमै दुर्घटना भएर समुद्रमा खसेको विमानका उपकरणमा अघिल्लो दिन नै समस्या देखिएको थियो । विमानका पाइटलले विमानको केही उपकरण ‘भर गर्न अयोग्य’ रहेको उल्लेख गरेपनि त्यसलाई बेवास्था वताईएको छ । बोईङ सेभेन थ्री सेभेन विमानको प्राविधिक लग बुकबाट प्राप्त जानकारी अनुसार आइतबार बालीबाट जाकार्ता जाने क्रममा विमानको उपकरणमा गम्भीर समस्या देखिएको थियो ।

गम्भीर समस्या देखिंदा पनि विना मर्मत सोही विमानले पुनः उडान भर्नुको कारणबारे अहिले चर्चा शुरु भएको छ । हिजो बिहान राजधानी जाकार्ताबाट पाङकल पिनाङ जाँदै गरेको विमान उडेको केही समयमै जाभा समुद्रमा खसेको थियो । विमानमा समस्या आएको भन्दै पाइलटले जाकार्ता विमानस्थलमा फर्कने अनुमती लिएलगत्तै राडारसँग उसको सम्पर्क टुटेको थियो । विमान समुद्रको ३० देखि ४० मिटरको गहिराइमा खसेको बताइएको छ ।

उद्धारकर्ताहरुले समुद्रमा केही शबहरु फेला पारेका छन् । परिचयपत्र, चालक अनुमतिपत्र लगायत यात्रुका व्यक्तिगत सामान पनि भेटिएको छ । उद्धार टोलीका प्रमुख बामव्याङ सुर्योले दुर्घटनामा कसैलाई पनि जिवितै फेला पार्न सकिने सम्भावना नरहेको बताएका छन् । म्याक्स एट सिरिजको उक्त विमान बोईङको नयाँ मोडलमध्येको एक भएको र केही महिना अगाडि मात्रै इन्डोनेसिया पुगेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू