अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते १९:४६ मा प्रकाशित

काठमाडौं – ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन । 

विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन बर्षका लागि कालो सूचीमा राखिएको हो ।  आजको कान्तिपुरमा समाचार छापिएको छ ।

राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक, सिँचाइ, सहरी विकास विभागसहित कुनै पनि विकास कार्यालयले सिफारिस नगरेकाले कालो सूचीमा नपरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू