अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

प्रधानमन्त्री ओली-ठाकुर भेट आज

बिआरटीनेपाल २०७५ कार्तिक १० गते २०:५० मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन् ।

राजपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् ।

राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ । आजकोकारोबारमा समाचार छापिएको छ ।

पार्टीले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू