अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

श्रीलंकामा नाटकियरुपमा सत्ता परिवर्तन– प्रधानमन्त्री रनिल विक्रमसिंगे बर्खास्त, पूर्वराष्ट्रपति राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ०:५७ मा प्रकाशित

दक्षिण एसियाली टापु राष्ट्र श्रीलंकामा नाटकियरुपमा सत्ता परिवर्तन भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाको पार्टी श्रीलंका फ्रिडम एलाइन्सले प्रधानमन्त्री रनिल विक्रमसिंगेको सरकारबाट बाहिरिने निर्णय गरेपछि राष्ट्रको राजनीति बदलिएको हो । युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टीको उक्त निर्णयको केहीबेरमै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिललाई बर्खास्त गरीपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति सिररिसेनाको यो कदमसंगै श्रीलंकामा राजनीतिक घटनाक्रम तीव्र रूपमा विकसित भएको छ ।

रनिललाई बर्खास्त गरेको केही समयमै सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीको सपथ खुवाउनुभएको श्रीलंकाली सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त समाचारमा जनाइएअनुसार यी दुई पार्टीबीच गत फेव्रुअरीमा भएको स्थानीय चुनाव यता विवाद बढ्दै गएको थियो । आर्थिक नीति र दैनिक प्रशासनिक काममा पनि दुई दल टाढिँदै गएका थिए । उक्त चुनावमा राजापाक्षेको पार्टीले जित हात पारेको थियो ।

सन् २००५ देखि २००१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका राजापाक्षे यसअघि सन् २००४ मा एक वर्षका लागि पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०१५ को चुनावमा पनि राजापाक्षे राष्ट्रपतिका उम्मेदवार बन्नुभएको थियो । उहाँकै मन्त्रिमण्डलका सदस्य रहेका सिरिसेनाले चुनावको केही दिनअघि मन्त्रीबाट राजीनामा दिनुभएको थियो र लगत्तै चुनावमा राजापाक्षेलाई हराउन सफल हुनुभयो । तीन वर्षपछि उनै सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

पछिल्लो सत्ता परिवर्तन संगै श्रीलंकामा संवैधानिक संकटको स्थिति देखिएको छ । यसलाई श्रीलंकाको राजनीतिमा नाटकीय घटनाको रुपमा लिइएको छ । विक्रमासिंघेले भने संसद्मा आफ्नो बहुमत रहेको र बहुमत रहेसम्म आफनै प्रधानमन्त्री रहिरहने वताउनुभएको छ । सरकारका प्रवक्ता रजिताले सेनारत्नेले पनि विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताउदै आउनुभएको छ ।

तर, नवनियुक्त प्रधानमन्त्री महिन्द्रा राजपाक्षेले ट्वीटर एकाउन्टमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाका प्रधानमन्त्री उल्लेख गर्नुभएको छ । जबकी रनिल विक्रमासिंघेको ट्वीटर प्रोफाइलमा पनि आफू नै प्रधानमन्त्री भएको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू