अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

टाइटानिक–२ बनाईदै, अधुरो यात्रा पुरा गर्न समुन्द्रमा उतारिने

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ७:१७ मा प्रकाशित

१ सय ६ वर्ष अघि समुन्द्रमा दुर्घटनाग्रस्त टाईटानिक जहाजको अधुरो यात्रालाई पूरा गर्न सोही नाममा पुनः अर्को जहाज निर्माण गरिने भएको छ । नयाँ वन्ने टाइटानिक–२, ले आफ्नो पहिलो गन्तव्य पुरानो जहाजको अधुरो यात्रालाई पूरा गर्ने गरी तय गर्नेछ । सन् १९१२ को अप्रिलमा एउटा आइसबर्गमा ठोक्किएर आफ्नो पहिलो यात्राकै क्रममा समुन्द्रमा डुबेको टाइटानिक जहाज वर्तमानमा एउटा कहानीमा सीमित भएको छ । उक्त जहाजबारे हलिउडमा एउटा चलचित्र समेत वन्यो जुन व्यावसायिक रुपमा सफल समेत भयो । उक्त चलचित्रमा टाइटानिक जहाजको समुन्द्री यात्रा र दुर्घटनालाई निकै चुस्त दुरुस्त रुपमा देखाइएको छ ।

तर अब टाइटानिक–२ वन्ने भएसंगै रियल लाइफ मै टाइटानिक जहाज देख्न पाइने भएको छ । अधिकारीहरुका अनुसार नयाँ टाइटानिक जहाज सन् २०२२ मा समुन्द्रमा उतारिनेछ । टाइटानिक–२ जहाज ब्लुस्टार लाइनले निर्माण गर्न लागेको हो । अस्ट्रेलियाका व्यवसायी तथा कन्जरभेटिभ नेता क्लाइभ पामरले यो जहाज निर्माणमा अग्रसरता देखाएका छन् ।

टाइटानिक–२ ले आफ्नो पहिलो यात्राका क्रममा २ हजार ४०० यात्री र ९०० जना चालक दलका सदस्य बोकेर गन्तव्यतर्फ लाग्ने जनाइएको छ । १०६ वर्षअघि टाइटानिक जहाजले जति यात्री र चालक दलका सदस्य बोकेको थियो, त्यति नै यात्री र चालक दलका सदस्य लिएर टाइटानिक–२ पहिलो यात्रामा निस्किने वताईएको छ ।

टाइटानिक–२ लाई पुरानो टाइटानिक जस्तै गरी डिजाइन गरिने भएको छ । जहाजको लेआउटदेखि सबै डिजाइन पहिलाको जस्तै बनाइनेछ । जहाज पुरानैजस्तो बनाइने भए पनि त्यसमा आधुनिक टेक्नोलोजी र सुरक्षा उपकरण जडान गरिने अधिकारीहरुले जनाएका छन् ।
नयाँ वन्ने टाइटानिक–२ सन् २०२२ मा दुबईबाट इंग्ल्याण्डको साउथम्पटन जानेछ । त्यसपछि न्यूयोर्ककका लागि प्रस्थान गर्नेछ । अधिकारीहरुका अनुसार उक्त जहाज त्यही रुटबाट न्यूयोर्क जानेछ, जुन रुटमा अप्रिल १९१२ मा टाइटानिक आफ्नो पहिलो यात्रामा निस्किएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू