अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

जापान–चीनबीच ६० करोड डलर वरावरको व्यापारिक सम्झौता

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ६:५१ मा प्रकाशित

जापान र चीनवीच करिव ६० करोड डलर वरावरको व्यापार सम्झौता भएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणकाक्रममा यो सम्झौता भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण व्यापारिक चुनौती र तनाव उत्पन्न भइरहेको अवस्थामा दुवै मुलुकबीच यो पछिल्लो सम्झौता भएको चिनिया समाचार संस्था सिन्हवा ले जनाएको छ । एसियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरुमा सुधार आएको छ ।

चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले एसियाली क्षेत्रमा शान्ति र समृद्धिका लागि दुवै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको वताउनुभएको छ । जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलोपटक भएको हो ।

दुवै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुनसकेको थिएन । सम्झौता पछि जापानी प्रधानमन्त्री आबेले नियमित व्यापारले जापानी र चिनियाँ जनताबीचको सम्बन्धमा थप प्रगाढता आउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी चिनियाँ प्रधानमन्त्री लीले अस्थिर र अनिश्चित अन्तर्राष्ट्रिय परिस्थितिमा दुई मुलुकहरुबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत पुग्ने वताउनुभयो ।

भ्रमण दलमा प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झन्डै १ हजार प्रतिनिधि सहभागी छन् । चिनिया प्रधानमन्त्री लीकाअनुसार उक्त टोलीसँग दुई अर्ब ६० करोड डलर बराबरका ५०० ओटा सम्झौता भएका छन् । दुवै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सन्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको वताईएको छ ।

चीनको राष्ट्रवादी खेमाको ‘ग्लोबल टाइम्स’ले चीन–जापान सम्बन्धमा सुधार ल्याउन अमेरिकी प्रभाव सीमित रहेको जनाउँदै आगामी दिनमा बेइजिङ र टोकियोले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुअघि वासिङ्टनको विचारलाई आधार लिन थाले त्यो प्रभावकारी नहुने उल्लेख गरेको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू