अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

दिल्लीबाट कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ४:४८ मा प्रकाशित

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ पर्नुभएको छ । सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुल पक्राउ पर्नुभएको हो । केन्द्रीय अनुसन्धान ब्युरो(सिबिआई) को दिल्ली स्थित मुख्यालय नजिकै विरोध र्यालीको नेतृत्व गरेका राहुललाई अपरान्ह १ बजे र्यालीबाटै प्रहरीले पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ ।

आम निर्वाचन आउन एक वर्ष बाँकी रहँदा विपक्षी दलका नेता राहुल गान्धी मोदी सरकारका काम कारवाहीप्रति आक्रामक हुँदै आउनुभएको छ । यसैवीच, गान्धीले लोधी रोड पुलिस स्टेशनबाट रिहा हुने क्रममा प्रधानमन्त्री मोदीले बदमासी गरेको प्रतिक्रिया दिनुभएको छ । गान्धीले मोदीले बदमासी गरेको विषय सम्पूर्ण भारतले बुझेको भन्दै आफु देशका लागि जतिपटक पनि गिरफ्तारी दिन तयार रहेको बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू