अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

पत्रकार खसोग्जीको हत्या गम्भिर त्रुटी, छाडा एजेण्ट संलग्न रहेको साउदी अरेबियाको प्रतिक्रिया

बिआरटीनेपाल २०७५ कार्तिक ५ गते ९:३७ मा प्रकाशित

साउदी अरेबियाले पत्रकार जमाल खसोग्जीको हत्या भएको स्विकार गरेको छ । त्यसका लागि छाडा एजेन्टहरू जिम्मेवार भएको उसले बताएको छ । साउदी विदेशमन्त्री आदिल अल–जुबैरले त्यो भयङ्कर भूल भएको फक्स न्यूजलाई प्रतिक्रिया दिनुभएको छ । यद्यपि, प्रभावशाली युवराजको निर्देशनमा खसोग्जी हत्या गराइएको आरोप भने अस्विकार गरिएको छ ।

पत्रकार खशोग्जी हत्या विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि ठूलो दबाब रहेको छ । अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरे देखि पत्रकार खशोग्जी बेपत्ता भएका थिए । आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन खशोग्जी वाणिज्य दूतावास पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू