अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

भक्तपुरमा यो वर्षको नवदुर्गा गण नाच सुरु

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ८:१० मा प्रकाशित

महिषासुरको प्रतीक खँम्ये बध गरेसँगै भक्तपुरमा यो वर्षको नवदुर्गा गण नाच सुरु भएको छ । नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रम्हायणी पीठमा वध गरिएको थियो । तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर आजकै दिनदेखि नाच शुरु गर्नुपर्ने परम्परा छ ।

देवीनाचको लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका छन् । नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा र्पुयाएर आवश्यक पूजाविधिपश्चात नवदुर्गा भवानीको देवताघरमा राखिएका छन् । दसैंको एकादशीदेखि सुरु हुने नवदुर्गा नाचलाई भक्तपुरका विभिन्न टोल तथा अन्य जिल्लामा समेत नचाइन्छ ।

 

प्रतिक्रिया