अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

२०७५ सालको ग्रहदशा, यस्तो छ वार्षिक राशिफल

बिआरटीनेपाल २०७४ चैत ३० गते २०:१३ मा प्रकाशित

मेष:
यो राशिका लागि २०७५ साल राम्रेै रहने छ । त्यसमा वर्षको पूर्वार्द्धमा बढी अनुकूलता रहने छ । वर्षको उत्तरार्द्धमा भने केही समस्याका बाबजुद सफलता पाइने छ ।
पठन पाठमा लागेका विद्यार्थी तथा शिक्षकहरूलाई भने यो वर्ष राम्रो रहनेछ । शैक्षिक व्यसायमा लाग्नेहरुलार्इृ राम्रै आन्दानी होला । साझेदारीमा गरेका काममा मनग्य आन्दानी होला । व्यावसायिक क्षेत्रमा लाग्नेहरुले यो वर्षको कार्तिक महिना सम्म रामै्र आम्दानी गर्लान् । व्यापार, व्यवसाय तथा सामूहिक कामबाट लाभ हुने योग छ । वैदेशिक क्षेत्रमा पनि सफलता मिल्ने योग छ । यस्ता क्षेत्रबाट अकस्मात लाभ मिल्ने योग रहेको छ । नोकरी गर्नेहरुलाई यो वर्ष फाइदा जनक नै रहने छ । पारिवारिक समस्याहरू समाधान हुनाले परिवारमा शान्ति छाउला । प्रशासनिक पक्षबाट भने केही तनाव वा झन्झट भोग्नु पर्ला तर पनि उन्नतिमा भने बाधा पुग्ने छैन । जग्गा जमिन सम्बन्धी काम गर्नेहरुका लागि भने यो वर्ष त्यति राम्रो नहोला । वर्षको उत्तरार्द्धतिर भने कहीँ लाभ मिल्ला तर पूर्वार्द्ध भने तनाव ग्रस्तनै रहला । स्वास्थ्य कमजोर रहनाले त्यसमा धनराशि खर्च होला । परिवारको स्वास्थ्यका क्षेत्रमा पनि धन खर्च हुने योग परेको छ । यस राशि हुनेहरुका लागि भने असार, असोज, माघ र फागुन महिना लाभप्रद छन् ।

वृष:
यो राशिका व्यक्तिहरूलाई यो वर्ष सामान्य रहेको छ । वृषराशिका व्यक्तिलाई यो वर्ष अढैया शनिदशा चल्नेछ । यसले यी राशिका मानिसलाई मानसिक तनाव, पारिवारिक कलह, काममा ढिला सुस्ती जस्ता समस्या भोग्नु पर्ला । यो वर्ष वृषराशिका मानिसहरूलाई आर्थिक समस्याले पनि पिरोल्ने देखिन्छ । अध्ययन अध्यापनमा लाग्नेहरुलाई यो वर्ष परिश्रम अनुसारको फल नमिल्ला । व्यवसायीका हिसाबले शैक्षिक क्षेत्रमा लाग्नेहरुले यो वर्ष अनेक समस्यासँग जुध्नुपर्ला । आँखा तथा टाउकासम्बन्धी समस्या आउनेछन् । व्यापारव्यासायमा घटाबेहोर्नु पर्ला । यति हुँदा हुँदै पनि वर्षको उत्तरार्द्धतिरबाट केही राम्रो हुने सम्भावना रहने योग देखिन्छ । व्यापारव्यासायबाट सामान्य लाभ मिल्ने छ । वर्षको सुरुमा बनेका शत्रुहरू परास्त हुँदै जानेछन् । नोकरीमा अपजस बेहोर्नु परेपनि पदोन्नति तथा अन्यलाभ भने हुने योग छ । वैदेशिक क्षेत्रमा जाने यी राशिका व्यक्तिहरूलाई भने लाभ हुनेछ । समग्रमा साउन, कार्तिक, फागुन र चैत्र महिना फलदायी रहने छन् । 

मिथुनः
यो राशिका व्यक्तिहरूलाई यो वर्ष मध्यम फलदायी रहने छ । वर्षको पुर्वाद्र्ध राम्रै भए पनि उत्तरार्द्ध त्यति सफल नहोला । वर्षको पूर्वार्द्धमा अध्ययन अध्यापन त्यति सन्तोष जनक नदेखिए पनि उत्तरार्द्ध भने राम्रो हुने छ । सूत्र बढ्नाले चुनौती थपिने छ । आफन्तसँगको लेनदेन कारोबार र साझेदारीका काममा विवाद उत्पन्न हुनाले सम्बन्ध बिग्रने योग छ । आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक समस्या पनि बढ्ने छ । गरिरहेको काममा बाधा उत्पन्न हुनाले काममा परिवर्तनको सम्भावना पनि छ । व्यापार र पशुपालनबाट सामान्य लाभ मिल्ने छ । प्रेम तथा दामपत्य जीवनमा दानव आउने देखिन्छ । पापरवारिक स्वावस्थ्यमा निकै खर्च बढ्ने छ । प्रशासनिक वा अदालती काममा पनि अनेकन उल्झन आइपर्ने छ । समग्रमा वैशाख, जेठ, भदौ, र मङ्सिर महिना लाभदायी रहलान् ।

कर्कट:
कर्कट राशि भएका व्यक्तिका लागि यो वर्ष मिश्रित किसिमको हुनेछ । नोकरी तथा सामाजिक काममा यी राशिका व्यक्तिलाई सफलता मिल्ने छ । यो वर्ष सामाजिक काममा मान सम्मान पनि मिल्ने योग छ । आर्थिक पक्ष मजबँुद हुने छ । आर्थिक प्रगतिको नयाँबाटहरु फेला पर्नेछन् । व्यापारव्यावसायबाट सामान्य लाभ मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । लामो यात्राको योग पनि छ । पारिवारिक खर्च बढ्ने छ । नोकरीमा स्थानान्तरणको योग छ । शत्रु बढ्नाले आर्थिक हानी बेहोर्नुपला । प्रेम तथा दाम्पत्य जीवनमा उतारचढाव आउला । अनावश्यक विषयमा धन खर्च होला । मुद्दामामिलामा फस्नु पर्नाले मानसिक तनाव आइलाग्लान् तर पनि जित तपाईँको हुनेछ । समग्रमा वैशाख, जेठ, असोज पुस महिना लाभकारी हुनेछन् ।

सिंहः
सिंह राशि हुनेहरुका लागि यो वर्ष राम्रै हुनेछ । शत्रुहरू पराजित हुनेछन् । गुमेको धन हात पर्ने योग छ । पारिवारिक तथा स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा पाइनेछ । विद्यार्थीहरूका लागि यो वर्ष सफल रहने छ । विद्या क्षेत्रमा व्यावसायिक रूपमा लाग्नेहरुका लागि यो वर्ष सफल हुनेछ । पैतृक सम्पत्तिमा झमेला बढ्नेछ । प्रेम तथा दाम्पत्य जीवन सफल हुनेछ । व्यापार तथा कृषिबाट लाभ हुनेछ । आर्थिक मामलामा केही नयाँ प्रगति हुनेछ । कष्ठदायी लामो यात्रा हुने योग छ । वर्षको सुरुमा भने अग्निभय, चोरभय र चोट पटकको योग छ । वैदेशिक क्षेत्रमा जानका लागि यो राशिका लागि भने त्यति सहज छैन । नोकरी गर्नेहरु लागि भने अपजस आउने र नयाँ मुद्दामामिला पनि लाग्न सक्ने योग रहेको छ । समग्रमा जेठ, असार, कार्तिक र माघ महिना अनुकूल देखिन्छ ।

कन्याः
कन्या राशिहरूका लागि यो वर्ष मिश्रित किसिमको रहने छ । यो राशिका व्यक्तिहरूलाई अढैया शनिदशा भएकाकारणले मनमा अशान्ति हुनेछ । आरोप तथा लाञ्छना लाग्नाले मानसिक तनाव हुनेछ । कानुनी व्यवधान तथा समस्या आउने र धनको नोक्सान हुने योग पनि छ । भएका वस्तुहरू चोरी हुने वा हराउने स्वास्थ्य सम्बन्धी समस्याहरू देखा पर्ने योग पनि छ । अध्ययन अध्यापनका कामहरू अधुरै रहने तथा व्यवसायीहरूलाई आर्थिक क्षतिको योग पनि आइपर्ने छ । वर्षको पूवाद्र्ध भन्दा उत्तरार्द्ध फलदायी रहने छ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि भने शुभदायी हुनेछ । नोकरीमा सफलता मिल्ने वा पदोन्नतिको योग रहेको छ । वर्षको उत्तरार्द्धमा व्यापारबाट लाभ मिल्ने छ । समग्रमा असार, मङ्सिर, फागुन महिना राम्रा रहनेछन् ।

तुला:
तुला राशिका लागि यो वर्ष मिश्रित हुने छ । वर्षको सुरुमा चोट पटक लाग्ने योग छ । प्रेम वा ।श्रीमान् श्रीमतीबिचको सम्बन्धमा तनाव उत्पन्न हुनेछ । आफूभन्दा अग्रज व्यक्तिको स्वास्थ्यमा समस्या आउनाले धन खर्चको योग परेको छ । कर्मचारीहरूलाई तनाव र खर्चको भर बढी पर्ने छ । साझेदारीका काममा झमेला आउनाले परेसानी आइपर्ने छ । वैदेशिक यात्रा गर्न खोज्नेहरुलाई भने समस्या आउने छ । थालेका कामहरू परिणाममुखी हुने र नयाँ थुप्रैकामहरु हात लाग्नेछन् । आम्दानीका नयाँ स्रोतहरू फेलापर्नेछन् । अधुरायोजनाहरु पूराहुनेछन् । पठन पाठममा लागेकाहरुलाई भने यो वर्ष सोचे वा गरे अनुसारको सफलता मिल्नेछ । व्यापार तथा पशुपालनबाट राम्रै आम्दानी हुने छ । सामाजिक जिम्मेवारी हात लाग्ने छ । आकस्मिक धनलाभ हुने योग छ ।

वृश्चिक:
यो राशिका व्यक्तिहरूलाई यो वर्ष मध्यम हर्ने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । परिवारमा मांगलिक कार्य हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यकार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाग्नेहरुका लागि यो वर्ष सफल बन्नेछ । नयाँ ठाउँमा नोकारी प्राप्त हुनेछ भने भएको नोकरीमा पदोन्नतिको योग छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग छ । यो राशिका व्यक्तिलाई अन्त्य साढेशति शनि दशा भएकाकारणले काममा अपजस प्राप्त हुनेछ । काममा ढिला सुस्ती हुनेछ । मानमा अशान्ति हुने तथा कानुनी क्षेत्रमा असफलता हात लाग्ने छ । आफन्तमा वैरभाव बढ्ने र शत्रु बढ्ने योग छ । सञ्चित धनको नाश हुने र शारीरिक अस्वस्थता बढ्ने छ ।

धनु:
यो राशिका व्यक्तिलाई यो वर्ष सामान्य फदायी हुनेछ । लामो समयदेखि अधुरो रहेका काम बन्ने छ । वैदेशिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । पठन पाठनमा लाग्नेहरुका लागि भने यो वर्ष फलदायी हुनेछैन । मानसम्मानमा बढोत्तरी हुनेछ । धार्मिक तथा मांलिक कार्यतिर रुचि बढ्नेछ । सामाजिक काममा धेरै समय जानेछ । यो वर्ष साढेसाति शनि दशा भएका कारणले आफन्तमा वैरभाव बढ्नेछ । अनावश्यक झमेलामा पर्नुपर्ने छ । अनावश्यक स्थानमा धनको हानी हुनेछ । ऋण वा कर्जामा गएका पैसाले समस्या निम्त्याउने योग छ । पारिवारिक समस्या बढ्नाले तनाव हुनेछ । नोकरीमा अपजस बेहोर्नुपर्ने योग छ । ठुला दुर्घटनाको सामाना गर्नु पर्ला । आर्थिक समस्याले पिरोल्ने छ ।

मकर:
यो राशिह्नेहरुका लागि पनि यो वर्ष सामान्य नै रहने छ । वर्षको पूर्वार्द्ध केही शुभदायक रोकेको छ । वैदेशिक क्षेत्रमा जानेहरुका लागि भने यो वर्ष फलदायी हुनेछ । सन्तान सुख हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछन् । वर्षको पूर्वार्द्धमा अधुरा कामहरू पुराहुनेछन् । नसोचेका ठाउँबाट धन प्राप्ति हुने योग छ । यो वर्ष मकर राशिका व्यक्तिहरूलाई साढेसातिको प्रभावले काममा ढिलासुस्ती हुने छ । आफन्तमा वैरभाव बढ्ने छ । सञ्चित धनको नाश हुनेछ । मनमा अशान्ति हुनेछ । निराशाले मनमा डेरा जमाउनेछ । आर्थिक पक्ष कमजोर हुनेछ । पुख्र्यौली धन सनसम्पत्तिमा विवाद बढ्नेछ । नोकरीमा अपजस बेहोर्नु पर्नेछ । शत्रु बढ्ने छन् ।

कुम्भः
कुम्भ राशि हुनेहरुलाई यो वर्ष फलदायी नै छ । यस वर्ष ग्रहहरू अनुकूल रहनाले नयाँ नयाँ कामको थालनी हुनेछ । व्यापारिक दृष्टिले यो वर्ष सुखद हुनेछ । साझेदारीका कामबाट लाभ मिल्ने पनि वर्षको उत्तरार्द्धतिर साझेदारबिच फाटो आउनेछ । नोकरीमा पदोन्नति हुनेछ । सन्तान सुख मिल्नेछ । पारिवारिक कलझगडा बढ्ने योग परेको छ । शत्रु बढ्नाले मनमा चिन्ता र त्रास हुनेछ । अधुरा काम पुरा हुने योग परेको छ । वर्षको अन्तिम तिर धर्म अध्यात्मतिर मन जानेछ । वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ । आफन्तसँग शत्रुता बढ्नेछ । माया मारिसकेका वस्तु पुन हात लागेपनि नयाँ वस्तुहरू गुम्ने वा हराउने भय छ । शरीरमा चोटपटक तथा रोग लाग्ने सम्भावना छ । समग्रमा वैशाख, साउन, मङ्सिर र पुस महिना लाभकारी रहेका छन् ।

मीन:
मीन राशिका लागि यो वर्ष निकै फदायी रहेको छ । स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्ने छ । व्यापारमा राम्रो लाभ हुनेछ भने व्यापार विस्तार गर्नेहरुका लागि पनि यो वर्ष शुभ हुनेछ । नयाँकामको थालनी हुने योग परेको छ । लामो दुरीको यात्राको योग परको छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेछ । जग्गा जमिन तथा विलाशिताका वस्तुमा लाभ हुनेछ । नोकरीमा स्थानात्नरणको योग परेको छ । व्यापार तथा कृषिव्यासायबाट लाभ मिल्ने छ । अध्ययन अध्यापनको पक्ष भने केही कमजोर हुने योग परेको छ । समग्रमा जेठ, भदौ, पुुुस र माघ महिना लाभदायी छन् ।समाचार पत्रबाट

प्रतिक्रिया