अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

स्याउले धान्छ दसैं

बिआरटीनेपाल २०७५ असोज २९ गते २०:२६ मा प्रकाशित

मुगु – मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

असोज पहिलो साताबाट स्याउ बिक्री गर्न सुरु गरेका उनले दसैं खर्च जोहो गरिसके । यस वर्ष उनले डेढ लाखको स्याउ बिक्री गरे । उनको परिवारमा २ छोरा, २ बुहारी, श्रीमती र बुवा छन् ।

छायानाथका कृषि शाखाका योजना अधिकृत केवी रोकायाका अनुसार स्याउ बिक्री गरेर दसैं खर्च जोहो गर्ने किसान धेरै छन् । ‘असोज पहिलो साताबाट टिप्न सुरु गरिन्छ,’ उनले भने, ‘किसानले चैतसम्म स्टोर गरेर बिक्री गर्छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू