अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:३८ मा प्रकाशित

रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त हुनुभएको छ । मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बताउनुभयो ।

नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिनुभयो । रसियाको सत्ताको विरोधमा प्रदर्शन गरेबापत सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो । तर थुनामुक्त भएलगत्तै प्रहरीले उहाँलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू