अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

गोर्खा लिगलिगकोटको राजा अनिश थापा !

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:३३ मा प्रकाशित

गोर्खा जिल्ला पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी जितेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइने वताईएको छ ।

प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।

त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका छन् । पर्यटन प्रवद्र्धनसंगै खेल क्षेत्रको विकासका लागि वि. सं २०६७ साल देखि अभियानले बर्षेनी प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू