अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 04:18

अचाक्ली महँगी !

बिआरटीनेपाल २०७५ असोज २७ गते १:०७ मा प्रकाशित

काठमाडौं – माग र बिक्री बढने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य वस्तुको मूल्य बढाएका छन् । अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतितले मूल्य बढेको सरोकारवाला बताउँछन् । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले १५ प्रतिशत मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेर ‘उपहार’ दिएको बताए । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

सरकारले यातायातको सिन्डिकेट तोडेको दाबी गरे गरे पनि १० प्रतिशत भाडा वृद्धि भएको छ।

व्यवसायीहरुले आपूर्ति विभागमा पठाएको विवरणअनुसार डेढ महिना अवधिमा बामती चामल प्रतिकिलो पाँच रुपैयाँ, आँटा प्रतिकिलो सात, मैदा पाँच, सुजी १०, ताइचिन चिउरा पाँच रुपैयाँ बढेको छ।

यस्तै, चना मसला प्रतिकिलो पाँच, केराउ पाँच, तोरी तेल १०, भटमास तेल पाँच र सनफ्लावर तेलमा पाँच रुपैयाँ बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू