अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

अष्ट्रेलियामा सुपरसेल आँधी, जनजीवन प्रभावित

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:२४ मा प्रकाशित

अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण जनजीवन प्रभावित भएको छ । तेज गतिमा आएको हावाहुरी सहितको आँधीले घरको छाना उडाउँदा चारजना घाइते भएका छन् । आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता प्रभावित वनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिघण्टा २५० किलोमिटरको रफ्तारमा आएको आँधीले ठाउँ ठाउँमा बिजुलीको पोल ढाल्नुका साथै रुखहरु ढलेकाले यातायात सेवा अवरुद्ध वनेको छ । आँधीमा परी सयौं सवारी साधनमा क्षति पुगेको छ । आँधीपीडितहरुको उद्धारका लागि सयौं उद्धारकर्मीहरु खटिएको वताईएको छ ।

आँधी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीका कारण अनिश्चितकालका लागि स्कूल र कलेजहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू