अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

भारतमा अनशनरत् पर्यावरणविद् को निधन

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:२३ मा प्रकाशित

भारतमा गंगा नदीको स्वच्छता र रक्षा अभियानमा सक्रिय पर्यावरणविद् जीडी अग्रवाल (स्वामी सानन्द) को निधन भएको छ । विगत ११२ दिनदेखि आमरण अनशन वस्नुभएका अग्रवालको अनशनकै क्रममा निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अनशनरत् अग्रवालले गत बुधबारदेखि पानी समेत खान छोड्नुभएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उहाँको निधन भएको हो ।

गंगाको स्वच्छताका लागि अग्रवालले बारम्बार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्दै विशेष पत्रमार्फत मोदीको ध्यानाकर्षण गराउनुभएको थियो । तरपनि, सरकारको तर्फवाट आफ्ना माग सुनुवाई नभएको भन्दै उहाँ अनशन वस्नुभएको थियो ।

अग्रवालले पछिल्लो समय गंगा नदीमा विद्युत परियोजना सञ्चालन गर्ने सरकारी योजनाको विरोध गर्दै आउनुभएको थियो । उहाँका निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू