अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७५ असोज २५ गते ९:४८ मा प्रकाशित

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहानै ७.१ म्याग्निच्युडको भुकम्प गए लगत्तै त्यहाँ पुनः ६.२ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प गएको थियो । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख छ ।

भुकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिवारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । चिनियाँ भूकम्प केन्द्रले दिएको जानकारी अनुसार पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको वताईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू