अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

पोर्चुगलमा साहित्य र मानवअधिकार विषयक सात्क्षात्कार तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असोज २५ गते ७:०७ मा प्रकाशित

लिस्वोन,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), पोर्चुगलको आयोजनामा युरोप भ्रमणमा रहेका लेखक, साहित्यकार तथा मानवअधिकार कर्मी मानवअधिकार तथा शान्ति समाज,नेपालका सभापति गङ्गा धर अधिकारीको उपस्थितिमा “नेपाली भाषा, संस्कृति, साहित्य र मानवअधिकार” विषयक एक अन्तर्कृया कार्यक्रम लिस्वोनमा सम्पन्न भएको छ ।

राजधानी लिस्वोन स्थित रहेको स्वयम्भू रेष्टुरेण्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलका अध्यक्ष बाइ बि गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा गङ्गा धर अधिकारीले नेपाली भाषा, संस्कृति, साहित्यको विकास र नेपालमा मानवअधिकारको पछिल्लो अवस्थाका बारेमा लामो चर्चा गरेका थिए ।

कार्यक्रममा अनेसास, केन्द्रीय उपाध्यक्ष सुनिल सङ्गम, गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका उपाध्यक्ष नारायणकाजी थापा मगर, स्थानीय पत्रकार रमेश राज वास्तोला, लगायतका साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष बाइ बि गुरुङ्गद्धारा खादा लगाई प्रमुख अतिथि अधिकारीलाई स्वागत गरिएको थियो भने गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका तर्फबाट उपाध्यक्ष नारायण काजी थापा मगरले खादा लगाई स्वागत गरेका थिए ।

“नेपालमा बस्ने नेपालीहरूलाई भन्दा बढी भाषा, संस्कृतिको माया प्रवासमा बस्ने नेपालीहरूलाई भएको कुरा राख्दै अधिकारीले नेपालमा लोकतन्त्र आए पनि मुलुकमा दण्डहिनताको अन्त्य भने नभएको बताए ” ।

कार्यक्रम अनेसास, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल“जिज्ञासु”ले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू