अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

कंगोमा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा ५० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:५० मा प्रकाशित

प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू