अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

ओमानमा “नेपलिज इन ओमान” नामक मोबाइल एप्सको उद्घाटन

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:३५ मा प्रकाशित

नेपाली राजदूतावास, मस्कटद्वारा मिति २०७५ असोज १९ गते राजदूत निवासमा एक विशेष कार्यक्रम आयोजना गरी “नेपलिज इन ओमान” नामक एक मोबाइल एप्स औपचारिक रूपमा उद्घाटन गरियो। उक्त कार्यक्रमको सुरुवात महामहिम राजदूत श्री शर्मिला पराजुली ढकाल तथा गैर आवासीय नेपाली सङ्घका सचिव श्री डी.बी. क्षेत्रीद्वारा पानसमा दीप प्रज्वलन गरी भएको थियो। सो पश्चात् नेपाली राष्ट्रिय गान बजाइएको थियो।

महामहिम राजदूतज्यूबाट मोबाइल एप्सको विधिवत उद्घाटन पश्चात् महामहिमज्यूले सूचना प्रविधिको वर्तमान युगमा ओमानमा रहनु भएका नेपालीहरू तथा ओमान आउन लाग्नुहुने नेपालीहरूलाई नेपाली राजदूतावास, ओमानका प्रमुख गन्तव्यहरू, ओमानका सरकारी निकायहरू, ओमानको श्रम कानुन आदिका बारेमा आधारभूत जानकारीहरू दिई सहयोग गर्ने लक्ष्यसहित Nepalese in Oman नामक सो मोबाइल एप्स नेपाली राजदूतावासबाट लन्च गरिएको र यसले दूतावास तथा ओमानमा रहनुहुने नेपालीहरूबिच छिटो र सरल रूपमा सञ्चार हुने बताउनुभयो। महामहिम राजदूतज्यूले सो मोबाइल एप्स ले नेपाली दूतावासबाट दिइने कन्सुलर सेवाहरूलाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवाहरू कागज विहीन (Paperless) बनाउन सकिनुका साथै नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू उक्त मोबाइल एप्समा सामेल गरी ओमानीहरुलाई पनि नेपाल भ्रमणको लागि प्रयोग गर्न सकिने बनाइने योजना रहेको र यसरी नेपालको पर्यटन प्रवर्द्धन गर्दै नेपाल-ओमानबिचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु-याउने जानकारी गराउनु भयो।

कार्यक्रममा दूतावासका तर्फबाट मोबाइल एप्सको बारेमा विस्तृत प्रस्तुतीकरण दिइएको थियो । उक्त मोबाइल एप्स केही समयको लागि Beta Release गरिएको पनि जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरू, पत्रकारहरू तथा ओमानमा कार्यरत नेपालीहरू तथा दूतावास परिवार गरी करिब १०० जना नेपालीहरूको सहभागिता थियो। कार्यक्रमको अन्त्यमा नेपाली खानाको व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू