अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो

बिआरटीनेपाल २०७५ असोज १८ गते १९:२१ मा प्रकाशित

नयाँदिल्ली, १८ असोज : भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बँुदे योजना बनाएको समेत जनाएको थियो ।

देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताउनुभयो । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन् ।
त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाउनु भएको छ ।

उहाँका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मुल्य घट्न सक्नेछ ।
भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू