अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

मापदण्ड नपुगेको ‘अपार्टमेन्ट’लाई अस्पताल बनाउन चलखेल

बिआरटीनेपाल २०७५ असोज १८ गते १९:१६ मा प्रकाशित

काठमाडौं । आवासीय प्रयोजनका लागि बनाइएको काठमाडौं घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालन गर्न दिन स्वास्थ्य मन्त्रालयमा चलखेल सुरु भएको छ।

काठमाडौं नेसनल मेडिकल प्रालिले अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठित स्थलगत अनुगमन टोलीले बुझाएको प्रतिवेदनलाई बेवास्ता गर्दै अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्न लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल नेतृत्वको अनुगमन टोलीले २०७५ असार २४ गते स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रस्तावित काठमाडौं नेसनल मेडिकल प्रालिलाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्न मापदण्ड नपुगेको र अनुपयुक्त रहेको प्रतिवेदन बुझाएको थियो।

तर पनि स्वास्थ्य मन्त्रालयको एउटा खेमा उक्त अपार्टमेन्ट लाई अस्पताल सञ्चालन स्वीकृति प्रदान गर्नुपर्ने पक्षमा रहेकाे नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले ३०० सय शय्याको अस्पताल सञ्चालन स्वीकृतिका लागि निवेदन दिए पनि निजी तथा गैर सरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिकाबमोजिम ५० शैय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति प्रदान गर्न पनि उपयुक्त नरहेको निरीक्षण टोलीका एक सदस्यले बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू