प्रदर्शनरत फिल्म कथा काठमाडौँ हेरिसके पछी आयुष्मान डिएस जोशी , मिस नेपाल २०१५ इभाना मानन्धर , कमेडियन सन्दीप क्षेत्री र गायक युवराज चौलागाईले मन परेको प्रतिक्रिया दिएका छन् । फिल्ममा आयुष्मानको भूमिका रहेता पनि उनले फिल्म हेर्न पाएका थिएनन् । आफ्नो भूमिका रहेको र त्यसको चर्चा भइरहँदा फिल्म हेर्न हलमा पुगेका आयुष्मान निकै नर्भस थिए । काठमाण्डौको भिन्न तिन कथा मध्य एकमा आयुष्मान छन् , जसले लाइफको महत्त्वलाई झल्काएका छन् ।
फरक कथा वस्तु भएकै कारण फिल्मले यति बेला चर्चा बटुलिरहेको छ । काठमाण्डौलाई आफ्नो कर्मभूमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । फिल्ममा प्रियङ्का कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भरत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।
आयुष्मान डिएस जोशी: म आफ्नो पारिवारिक भ्रमणमा रहेकोले गर्दा यसको प्रमोसनमा आउनु पाइन् । तर प्रियङ्काको माध्यमले मैले सम्पूर्ण अपडेट लिइरहेको थिए । मलाइ पनि आफैलाई कहिले हेरु भन्ने भएको थियो र काठमाडौँ फर्किने बित्तिकै म फिल्म हेर्न आए । फिल्म हेर्नु अगाडी पनि आफूले कस्तो काम गरे भन्ने कौतुहलता थियो नै किनकि आफ्नो मान्छेले त आफ्नो कामको तारिफ गर्छन् नै । तर फिल्म हेरेपछि तिन वटै कथा एक आपसमा सशक्त रहेको आभास भयो । प्रियंकाले जुन क्यारेक्टर गरेको छ, त्यसले मलाइ प्राउड फिल भयो किनकि जसरी उ पर्दामा देखिएको छ । फिल्म भित्र उसले आफूलाई जसरी प्रस्तुत गरेको छ, त्यो तारिफ योग्य छ । जसरी फिल्मको बारेमा कुराहरू सुनिएको थियो त्यो फिल्म हेरेपछि आफै हराउँदै गयो । त्यसैले हामीले त्यसमा बोलेनौ, किनकि मलाइ धेरै कुरा थाहा थियो, म छायाङ्कनको बेलासँगै हुन्थे ।
इभाना मानन्धर: फिल्म राम्रो बनेको छ । यो फिल्मलाई म एउटा लेभल अप फिल्मको रूपमा भन्न चाहन्छु । हाम्रै वरपरको फरक जीवनलाई यसले चित्रण गरेको छ । फिल्ममा लभ , लस्ट र लाइफको सन्दर्भलाई निकै राम्रोसँग देखाइएको छ । एउटा गीतकै आधारमा फिल्मलाई जुन रूपमा प्रेडिक्त गरियो , अब त्यसलाई त के नै भन्न सकिन्छ र । तर फिल्मको कथा वस्तु अनुसार जसरी फिल्ममा ती दृश्य वा सिन आउँछ त्यो भने सान्दर्भिक नै छ । फिल्म राम्रो बनेको छ , यसमा मनोरञ्जन त छ नै साथै सन्देश पनि छ । मलाई कलाकारको अभिनयसँगै सङ्गीता जी को निर्देशन पनि मन पर्यो ।