अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

मोहन कार्कीको अध्यक्षतामा एनआरएन स्कटल्याण्ड राज्य परिषद् गठन

प्रभाकर शर्मा, स्कटल्याण्ड २०७५ असोज १३ गते ६:४५ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) स्कटल्याण्ड राज्य परिषद् मोहन कार्कीको अध्यक्षतामा गठन भएको छ । अध्यक्षको लागि आकाङ्क्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाउनु भए पछि विवाद समाधान भएको हो । अध्यक्षका आकाङ्क्षी भोला खनाल र यज्ञमुर्ति ढकाल समितिको संरक्षकमा चयन हुनु भएको छ। नयाँ समितिको उपाध्यक्षमा नारायण पहारी, काशीराम भण्डारी, सचिवमा कृष्ण दाहाल, सहसचिवमा दिवाकर पाण्डे, कोषाध्यक्षमा धन ब के सी र सहकोषाध्यक्षमा यदुमणि सापकोटा चयन हुनु भएको छ । 
लामो समय देखि विवादका कारण स्कटल्याण्ड राज्य परिषद्को नयाँ कार्यसमिति गठन हुन सकेको थिएन । अध्यक्षमा चयन हुनु भएका मोहन कार्कीले दुई कार्यकाल (सन् २०११-२०१५)मा ग्लास्गो नेपाली समाजको सफल नेतृत्व गर्नु भएको थियो । कार्कीको पहलमा ग्लास्गो नेपाली समाज स्कटल्याण्डमा च्यारिटीको रूपमा दर्ता भएको थियो । समाज सेवामा अग्रसर कार्कीको नेतृत्वमा एनआरएनको स्कटल्याण्डमा सक्रियता बढ्ने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) स्कटल्याण्ड राज्य परिषद् गठन समारोहमा एनआरएन युकेका संरक्षक डमर घले, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठीले स्कटल्याण्ड नेपालीहरूलाई सङ्गठित रूपमा अगाडि बढ्ने वातावरण मिलेको बताउनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू