अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

विरोध र कालो झन्डाको कार्यक्रम आजै स्थगित गरौँ

सञ्जय थापा २०७५ असोज १० गते २३:३० मा प्रकाशित

गणतन्त्र नेपालको २०१५ मा संविधान सभा मार्फत निर्माण भएको संविधानले व्यवस्था गरको अवाधिक निर्वाचनको व्यवस्था अनुरूप भएको पछिल्लो निर्वाचनबाट अत्यधिक बहुमतले निर्वाचित प्रधान मन्त्री सम्माननीय केपी शर्मा अहिले संयुक्त राष्ट्र संधको ७३औ महासभामा नेपालको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । यही सिलसिलामा हाम्रो नेपाली अमेरिकन समाजमा ३ खालका विचारहरू बिच विवाद भइरहेको र सबै आ-आफ्ना धारणामा अडिक भएको देखिन्छ ।

पहिलो विचार हामी प्रवासी नेपाली आफ्नो मातृभूमिको सरकार प्रमुख आउनु भएको छ उहॉलाई सबैको तर्फबाट स्वागत गरौँ उहॉको सम्मानको सबै मिलेर योजना बनाऊ यो एक एकदम सकारात्मक विचार हो l अर्को विचार हाम्रो देशको प्रधान मन्त्री आएको वेलामा शालीनता पूर्वक ज्ञापन पत्र बुझाउने र आफ्ना समस्या र समाधानको बारेमा केही समय कुरा गर्ने र सकारात्मक परिणाम आओस् भन्ने कामना गर्ने यो पनि ठिकै हो । यसमा प्रवासमा बसेर आफ्नो क्रान्तिकारता देखाई रहने तिखारी रहने मनसाय छ । तेस्रो विचार भनेको प्रधान मन्त्रीलाई आधिकारिक कार्यक्रममा जाने क्रममा कालो झन्डा देखाउने विरोध गर्ने र अन्तराष्ट्रलाई देखाउने ।

यो अत्यन्त गलत कुरा हो प्रवासी नेपाली हुने विदेशी नागरिकका प्राप्त गर्ने वा त्यस तर्क उन्मुख रहनेहरूले नेपालको कुनै राजनैतिक दल वा संस्थाको राजनैतिक कार्यक्रमको आधारमा विरोध गर्ने र त्यो दललाई सधाउने अनि अन्तराष्ट्रको अगाडि आफ्नो देशको प्रधान मन्त्रीको विरोध गरेर कालो झन्डा देखाउदॉ आफ्नो नाक काहॉ रहला ?

यो अत्यन्त गलत प्रवृत्ति हो, आकाश तिर फर्केर थुक्नु जस्तै हो ! एकातिर गैह्र आवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद्को निर्णय बमोजिम हामी समस्या समाधानको लागि लविङ गर्न नेपाल पठाउँछौ र लविङ टोलीले हाम्रो माग पुरा गराउन सबैलाई सकारात्मक बनाएर आएको महिना दिन पनि पुग्न नपाउँदैमा तिनै हाम्रा प्रतिनिधिलाईको विरोध र कालो झन्डाले चिनाउने कामको आयोजना पनि गर्छौ भने के ती प्रतिनिधिहरू हाम्रो माग प्रति सकारात्मक रहलान् त ?

नेपालको संविधान २०७२ ले एक पटकको नेपाली सदैको नेपाली भन्ने भावना अनुसार नेपाली नागरिकताले निरन्तरता पाउनु पर्छ भन्ने प्रयासको सफलता स्वरूप विदेशका नागरिकता लिएकाहरूले पनि नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ l संविधानको धारा १४ले राजनैतिक अधिकार बाहेक अन्य अधिकार प्रयोग गर्न पाउने गरी गैह्र आवासीय नेपाली नागरिक बन्न पाउने भएका छन् सो अनुसारको अधिकार प्रयोग गर्न पाउने गरी विधेयक पनि पारित हुने क्रममा छ ।

चुनावमा भोट खसाल्न नपाउने र कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने नै राजनैतिक अधिकार नपाउनु हो भन्ने मान्यता छ ।यसो हो भने प्रवासमा विदेशी नागरिकता लिएका व्यक्तिहरू नेपालका पार्टीको सदस्य हुन सक्छन् ? । सबै प्रमुख पार्टीहरूले पार्टी सदस्य हुन नेपालको नागरिक हुनु पर्छ भन्ने विधानमा किटानी व्यवस्था गरेको छ । आन्दोलन, विद्रोह,युद्धमा सहयोग गर्दा वैधानिकताको प्रश्न हुँदैन तर अहिले पार्टीहरू आफैले बनाएको संविधानको कार्यान्वयनको लागिको जिम्मेवारीमा भएकोले सबै कानुन मान्नु अनिवार्य छ संविधानले राजनैतिक अधिकार प्रदान नगरेको हुनाले गैह्र आवासीय नेपालीलाई पार्टी सदस्यता दियो भने यदि निर्वाचन आयोग र सर्वोच्च अदालतमा कसैले उजुरी दियो भने के हुन्छ भन्ने तर्क गरेको पनि देखिन्छ l

त्यसो हो भने विदेशको नागरिकता लिनेहरू नेपालको पार्टीको सदस्य हुन सक्छन् त ? पार्टी सदस्य भए पछि महाधिवेशनमा प्रतिनिधि हुने, केन्द्रीय कार्य समितिमा चुन्ने र चुनिने अधिकार राख्दछ राजनैतिक अधिकार बाहेकको अन्य अधिकार प्राप्त गरेको गैह्र आवासीय नागरिकले यो प्राप्त गर्न सक्छ त ? सक्दैनन् ! अनि पार्टीको निर्देशनमा तिनै व्यक्ति सम्मिलित संस्थाको नाममा याहॉ राजनैतिक पार्टीको कार्यक्रमलाई सधाउन कार्यक्रम के को लागि ! अव त हामीले याहॉ सामाजिक काम गर्ने हो भने गैह्र आवासीय नेपाली संध मार्फत र राजनीति गर्ने हो भने अमेरिकी मूलधारको राजनीतिमा समावेश भई आफ्नो समुदायको हक हितमा लाग्नु आवस्य छ ।

हाम्रो काम भनेको नेपालबाट आएकाहरू सबै हाम्रो अतिथिहरू हुन भन्ने देख्नु अनि आफ्ना याहॉ रहेका नागरिकहरूको नागरिकताका समस्या, सहजरुपमा देश जान आउन पाउने व्यवस्था, नेपालमा रहेका आफ्ना सम्पत्ति कसरी सुरक्षित हुन सक्छ भन्ने कुरा र गर्न सक्दा नेपालमा लगानीको सुरक्षा गर्ने र त्यसबाट मुनाफा कमाउन सक्ने बारेमा सालिनता पूर्वक कुरा गर्ने वातावरणको लागि छलफल गर्नु वान्छनिय देखिन्छ । कुनै जात धर्म र विचारको विषयमा नेपाल कसैले कुरै उठाएका छैनन् जस्तो गरी यही मौकामा उग्र विरोध गरी हाल्न पर्छ भन्ने हिसाबले केही गर्न जरुरी छैन l

त्यहॉ पनि संस्थाहरू छ आफ्नो कार्यक्रम गरिरहेका छन् र याहॉ आउनेलाई पनि थाहा छ त्यो विषय l अनि याहॉ उग्र विरोध गरेर नेपालबाट आउनु भएका प्रधान मन्त्रीले तपाइहरूले विरोध गर्नु भयो अव विषय सबै पास भयो भनेर लाहॉ छाप लगाइदिने पनि होइन । तसर्थ आउनुस् देशबाट आउनु भएकाहरूको स्वागत गरौँ सम्मान गरौँ ! आवश्यक माग सालिनता पूर्वक राखौँ, माग पुरा होस भन्ने अनुरोध गरौँ ! विरोध र कालो झन्डाको कार्यक्रम आजै स्थगित गरौँ ।

प्रतिक्रिया