अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

फिलिपिन्समा पहिरोबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:२७ मा प्रकाशित

फिलिपिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका ४९ व्यक्तिको शव निकालिएको र मध्य फिलिसिन्सको सेबु प्रान्तको नगा शहरमा ४६ जनाको शव निकालिएको जनाईएको छ । फिलिपिन्सको लुजोन द्वीपबाट गत सेप्टेम्बर १५ मा शुरु भएको म्याङ्कुट नामक भीषण आँधीपछि विभिन्न स्थानमा भीषण पहिरो गएका थिए । पहिरोमा परी अझै पनि ५९ जना हराईरहेका छन् ।

फिलिपिन्समा म्याङ्गकुट आँधी र गत हप्ता आएको भीषण पहिरोमा परी करिब २ सय व्यक्तिको मृत्यु भएको थियो । यस वर्षको नै भीषण आँधीको रुपमा आएको म्याङ्कुटबाट करिब १६ लाख कृषक र माझीहरु प्रभावित वनेका छन् । यसअघि, मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी ७ सयभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू