अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

भारतमा दुई छुट्टा–छुट्टै सडक दुर्घटना, कम्तीमा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:३५ मा प्रकाशित

भारतका पहाडी राज्य हिमाञ्चल प्रदेश र जम्मु–कास्मिरमा भएका दुई छुट्टा–छुट्टै सडक दुर्घटना हरूमा कम्तीमा १७ जनाको ज्यान गएको छ । शनिबार विहान हिमाचल राज्यको शिमला जिल्लामा एउटा यात्रुवाहक जीप दुर्घटनाग्रस्त हुँदा १३ जनाको ज्यान गएको बताइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार हिमाञ्चल प्रदेशको कुण्डुबाट छिमेकी राज्य उत्तराखण्डको सिमावर्ती बस्ती तिउणी तर्फ जाँदै गरेको उक्त जीपमा रहेका सबै १३ जनाको ज्यान गएको बताइएको छ । उक्त घटनामा १० जनाको मृत्यु घटनास्थलमै र गम्भीर रूपमा घाइते भएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै जम्मु–कास्मिर राज्यको डोडा जिल्लामा पनि एउटा यात्रुवाहक वाहक वस सडकभन्दा ३०० फीट तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू