अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७५ असोज ५ गते १०:०४ मा प्रकाशित

भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन भएको छ । राजधानी हानोइस्थित सैनिक अस्पतालमा उहाको निधन भएको हो । क्वाङ केही महिना अघिदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । रिपोर्टहरुका अनुसार उहाँ केही महिनादेखि भियतनाम र विदेशमा उपचारत हुनुहुन्थ्यो । क्वाङ सन् २०१६ अप्रिलमा कम्युनिष्ट मुलुक भियतनामको राष्ट्रपति चुनिनुभएको थियो । त्यसभन्दा पहिले उहाँ सार्वजनिक सुरक्षा मन्त्रीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

भियतनाममा राष्ट्रपतिको भूमिका सेरेमोनियल रहेको छ । तर, यो प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र कम्युनिष्ट पार्टी प्रमुखसँगै देशको उच्च चार पदमध्ये पर्छ । क्वाङ राष्ट्रपति मात्रै नभइ कम्युनिस्ट पार्टीका शक्तिशाली पोलिटब्युरो सदस्यसमेत रहनुभएको थियो । क्वाङले आफ्नो करियर प्रहरी अधिकारीबाट सुरु गर्नुभएको जनाईएको छ । साथै उहाँले सार्वजनिक सुरक्षा मन्त्रालयमा ४० वर्षभन्दा धेरै पर्दा पछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

एक इमान्दार कम्युनिस्ट पार्टी सदस्यको रुपमा चिनिएका क्वाङको पार्टीमा हार्डलाइनरको छवि थियो । क्वाङको निधनपछि कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाबाट नयाँ राष्ट्रपति नछानुन्जेल उपराष्ट्रपति डाङ थिन्वोक थिनले कार्यकारी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू