अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपाने ढिकिच्याउ खेल्दै (भिडियो सहित)

सपना चन्द, काठमाडौँ २०७५ असोज ४ गते १०:२१ मा प्रकाशित

चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौँ गीतहरूमा सुमधुर आवाज भरिसकेका गायक सन्दीप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गीत “ढिकिच्याउ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत सङ्गीतको पारखीहरूको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनी सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेले फरक शैलीको गीत साङ्गीतिक बजारमा लिएर आएका छन् । 

गायक सन्दीप न्यौपानेको शब्द, सङ्गीतकार गोविन्द मधुर आचार्यको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाकार टङ्क केसीले छायाङ्कन गरेका हुन् भने निर्देशक सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई विकास ज्ञवालिले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एन्ड टिम र सुनिल क्षेत्रीको दमदार अभिनय र नृत्य देख्न सकिन्छ ।