अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

गायक ध्रुब बिस्कोको पश्चिमेली गीतमा सुक्मित र पुष्पको रोमान्स (भिडियो सहित)

सपना चन्द, काठमाडौँ २०७५ असार ३० गते ६:२७ मा प्रकाशित

गायक ध्रुब बिस्को र गायिका मिना थापाको आवाजमा रहेको पश्चिमेली देउडा गीत “डिट पडिजाऊ भेट नहईजाउ भन्नि छिन्न मान्या” सार्वजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरू नेपाली सांगितक क्षेत्रमा पस्केर चर्चा कमाउँदै गरेका गायक धुर्ब बिस्कोको यो फरक शैलीको पश्चिमेली देउडा गीत सम्पूर्ण दर्शक श्रोताको मन जित्नमा सफल हुने कुरामा गायक बिसको विश्वस्त छन् l 

सञ्जय बिस्कोको शब्द गायक धुर्ब बिस्कोको आफ्नै सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका छ भने ज्ञानेन्द्र शर्माको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको छ l चर्चित मोडल तथा नायक पुष्प खड्का र नव मोडल सुक्मित घिसिङको स-सख्त अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियो समग्रमा उत्कृष्ट बनेको छ l भिडियो हेर्नुहोस् :