अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

फेरि २० बर्षे पुराना गाडी चलाउन चलखेल

बिआरटीनेपाल २०७५ असोज ३ गते १९:४९ मा प्रकाशित

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन्, ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी लतिलपुरमा चल्छन् । विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्या बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ । पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ । ४ बर्षअघि सरकारले मुलुकबाट २० बर्षे पुरना गाडी हटाउने निर्णय गर्यो ।

यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो । यसले लगनखेल चापागाउँ र चापाखेल रुटमा चल्ने २० देखि ५१ बर्षसम्म्का पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यव्यसायीको दबाबमा २०७१ बर्षभित्र २० बर्ष पुराना गाडी हटाउने निर्णयलाई कार्यन्वयनको सट्टा उल्टो ५ बर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।

आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू