अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

बिआरटीनेपाल २०७५ असोज २ गते २१:२९ मा प्रकाशित

काठमाडौं – सरकारले कालीमाटी र बालाजुर तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो ।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू