अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

रूसी जासुसी विमानमाथि आक्रमण, १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असोज २ गते ९:१७ मा प्रकाशित

रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षा मन्त्रालयले जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत् १५ जनाको मृत्यु भएको रूसले दाबी गरेको छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताएको छ । सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपकाक्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रूसी सेनाले दिएको जानकारीअनुसार सोमबार राति आफ्नो जासुसी विमान ‘आइएल–२०’ लाई रूसी हवाई अखडामा फर्किरहेका बेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो । इजरायली चालकले रूसी विमानलाई ढालकारूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मंगलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको वताउनुभयो । तर, इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दाबीको खन्डन गरेका छन् । रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू