अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम ओली र प्रचण्डले ल्याउँछु भन्नु हास्यास्पदः रामचन्द्र पौडेल

बिआरटीनेपाल २०७५ असोज २ गते ९:११ मा प्रकाशित

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लेनिन र माओले ल्याउन नसकेको कम्युनिजम ओली र प्रचण्डले ल्याउँछु भन्नु हास्यास्पद भएको वताउनुभएको छ । सरकार वनेको केही समय वितिसकेपनि थोरै काम गरेर जनतालाई राहत दिए राम्रो हुने उल्लेख गर्दै उहाँले हावादार गफले मुलुकमा अब कम्युनिजम् ल्याउन नसकिने प्रष्ट पार्नुभयो । अहिलेको सरकारले सरकारी ढुकुटीबाट आफ्ना कार्यकर्तालाई पाल्ने बाहेक अरु केही काम पनि गर्न नसकेको नेता पौडेलको आरोप थियो ।

नेता पौडेलले १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण नेपाली कांग्रेस कमजोर अबस्थामा आइपुगेको पनि वताउनुभयो । युरोप भ्रमणमा रहेका पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन उद्घाटन गर्दै सो कुरा वताउनुभएको हो । बिधि र बिधानको बाटोबाट बिचलित हुँदा कांग्रेस संकटको स्थितिमा आएको उहाँको ठहर थियो । सात वटा प्रदेशमा कांग्रेसले अविश्वास प्रस्ताव पेश गर्ने हैसियतसमेत नबनाएको भन्दै पौडेलले नेतृत्वको आलोचना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू