अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

संसदीय समितिका सभापतिकाे भागवण्डा मिल्याे, असोज ५ मा निर्वाचन

बिआरटीनेपाल २०७५ असोज १ गते २१:१६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार बसेको संघीय संसदको बैठकमा सभामुख महराले प्रतिनिधिसभा अन्तरगतका विषयगत समितिका सभापतिहरुको निर्वाचनको मिति असोज ५ गतेका लागि तय गरिएकोे जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सार्वजनिक सुनुवाई समितिमा लक्ष्मणलाल कर्ण, अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पबित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बिमलप्रसाद श्रीवास्तव, कानून, न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा बिनाकुमारी श्रेष्ठ, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतकुमार साह सभापति बन्ने सम्भावना रहेकाे खबर नेपाल समाचारपत्रमा छ ।

तर कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन । समितिमा सभापति चयन गर्नका लागि सोमबार एउटा समितिमा भएका सदस्यलाई अर्को समितिमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू