अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा

बिआरटीनेपाल २०७५ असोज १ गते २१:११ मा प्रकाशित

काठमाडौं – भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको समाचार आजको कारोबारमा छापिएको छ । 

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो ।

सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले जानकारी दिए ।

पछिल्लो चार बर्षदेखि भारतले सेनाले मागेअनुसार बम गोलीगठ्ठा तथा अन्य घातक सैन्य सामाग्री बनाउन चाहिने कच्चा पदार्थ उपलब्ध गराएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू